वैज्ञानिक प्रणालीमार्फत नेतृत्व हस्तान्तरणमा प्रचण्डको जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ८८पुष्पकमल दाहाल ुप्रचण्डु८८ले पार्टी नेतृत्वको विषयमा आफू खुला रहेको र वैज्ञानिक ढंगबाट छलफल गर्दै निष्कर्षमा पुगिने बताएका छन्।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफू अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर नेतृत्व हस्तान्तरणको प्रक्रिया वैज्ञानिक र व्यवस्थित हुनुपर्ने धारणा राखेका हुन्। उक्त जानकारी पार्टीका प्रवक्ता अग्नि सापकोटाले दिएका हुन्।

बैठकमा प्रचण्डले विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने सम्भावनाबारे पनि चर्चा गरेका छन्। साथै, अहिले बनेको समाजवादी मोर्चालाई नै भावी पार्टी एकताको रूप दिन छलफल चलिरहेको जानकारी उनले दिएका छन्।

प्रचण्डले पार्टीको विशेष महाधिवेशनको तयारी सुरु गर्ने प्रस्ताव गरेका छन्। त्यस अन्तर्गत हालको केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफू बन्ने प्रस्ताव उनले बैठकमा राखेका छन्।

साथै, आउँदो निर्वाचनमा युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने, विशेषगरी उम्मेदवार चयनमा युवालाई प्राथमिकता दिने कुरामा पनि प्रचण्डले जोड दिएको सापकोटाले बताए।

बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केही विषयमा फरक धारणा प्रस्तुत गरेका छन्। हाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेको र शुक्रबारसम्म निष्कर्षहरू प्रस्तुत गरिने प्रवक्ता सापकोटाले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्