माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ९ असोज । नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरु हुनेछ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै बैठकमा आगामी फागुन २१ गतेको आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेण्डामा बैठकमा छलफल हुनेछ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत रहेको जनाइएको छ।

बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीको सहभागीता रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्