राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन ।

सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गरेका हुन ।

सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकेको छ । चुनाव तोकेपछि मतदाता नामावली सङ्कलन गर्न नमिल्ने व्यवस्था थियो । त्यसैले सरकारले अध्यादेश ल्याएर कानून संशोधन गरेको हो । अब निर्वाचन आयोगलाई चुनावसम्बन्धी प्रक्रिया अघि बढाउँदै मतदाता नामावली पनि सङ्कलन गर्न बाटो खुलेको छ ।

जेन–जी आन्दोलनका कारण संसद् विघटन भएर चुनाव हुन लागेको हो । तर चुनावमा जेन–जी समूहका धेरै मताधिकार प्रयोगबाटै वञ्चित हुन सक्ने अवस्थालाई ख्याल गरेर सरकारले मतदाता नामावली सङ्कलनका लागि बाटो खुला गरिदिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्