विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालद्धारा पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

नेपाल विद्युत् प्राधिकरण का नवनियुक्त कार्यकारी निर्देशक इञ्जिनियर मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन्। सरकारले हालैको निर्णयअनुसार तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो।

सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ। सिलवाल प्राधिकरणका अनुभवी प्राविधिक तथा व्यवस्थापक हुन्, र उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका नजिकका सहयोगीका रूपमा समेत चिनिन्छन्।

शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय २०८१ चैत ११ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको थियो, जसमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर उनलाई नियुक्त गरिएको थियो। तर, घिसिङ ऊर्जा मन्त्रीको रूपमा पुनः सत्तामा फर्किएपछि शाक्यको स्थानान्तरणको चर्चा निरन्तर चल्दै आएको थियो।

दक्षिण कोरियाको भ्रमणमा रहेका शाक्य शुक्रबार मात्रै नेपाल फर्किएका थिए, र त्यसको केही दिनमै उनलाई हटाउने निर्णय सार्वजनिक भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्