काठमाण्डौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजे बस्ने बैठकमा ६ वटा कार्यसूची तय गरिएको छ।
प्रवक्ता मनिष झाका अनुसार भोलि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।
यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए।
चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभागबारे छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ।
पाँचौं कार्यसूचीमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ।











