चार नयाँ मन्त्रीले शपथ लिए, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेको छ। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चार नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सञ्चार मन्त्रालयको जिम्मेवारी जगदीश खरेलले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महावीर पुनले, उद्योग, कानून तथा भूमि व्यवस्था मन्त्रालय अनिल सिन्हाले र कृषि मन्त्रालय मदन परियारले सम्हाल्ने भएका छन्।

शपथ समारोहमा राष्ट्रपति पौडेलले चारै मन्त्रीलाई संवैधानिक मर्यादा र कर्तव्य पालनाको प्रतिबद्धतासहित सपथ गराएका थिए।

यद्यपि, शपथग्रहणका लागि सिफारिस भइसकेकी संगीता कौशल मिश्रको शपथ भने अन्तिम समयमा आएर रोकिएको छ। उनी स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि प्रस्तावित थिइन्। शपथ स्थगित हुनुको कारण सार्वजनिक गरिएको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्