रास्वपाद्धारा केन्द्रीय समिति बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक भोलि (मंगलबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट) परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्