काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।
पदाधिकारी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।











