काठमाडौं, असोज ३ । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पतीमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गदै घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानविन आयोगको माग गरेको हो ।
संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगाएत सरोकारवाला निकायसंग छलफल गरि शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताउनुभयो । बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजि निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भत्र्सना गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो । विश्वकर्माले अहिले पार्टी सभापति शेर बहादुर देउवाको उपचार जारी रहेको पनि बताउनुभयो । सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको उहाको भनाइ छ । बाइट……….
विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको बताउनुभयो ।











