गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २ भाद्र । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको स्मरण गर्नुभयो ।

त्यस्तै उहाले जेनजी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने काम भएको आरोप लगाउनुभयो ।

जेनजी आन्दोलनको छानविन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिटै बस्ने र जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने धारणा राख्नुभयो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिनुभएका नेता गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित सिंहले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर हुनुहन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्