शहीद परिवारसँग भेटघाटमा मन्त्री घिसिङको प्रतिबद्धता :समाजमा परिवर्तन ल्याउन सरकार दृढ

खबर बुक
  • ख-
  • ख+

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्र्पण गरेका छन ।

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै परिवारजनसंग छलफल गरेका हुन । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई कदर गर्दै अघि बढ्न मन्त्री घिसिङसमक्ष आग्रह गरेका थिए । साथै उनीहरुले शहीद परिवारलाई राज्यले उचित सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री घिसिङले युवाहरुका आकांक्षा अनुसार सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका छन।

देशलाई ठूलो परिवर्तनको आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसका लागि वर्तमान सरकार गम्भीर भएर लाग्ने धारणा राखेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्