काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोवलका साथ ट्राफिक प्रहरीहरु ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले युवाहरुको आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएपनि ट्राफिक प्रहरीहरु ट्राफिक व्यवस्थापनमा खटिसकेको जानकारी दिनुभयो ।
सडकका डिभाइडर, ट्राफिक बत्ति, सिसिटिभिमा समेत क्षति पुगेको उहाले बताउनुभयो । उहाले तत्कालका लागि सवारी आवागमनमा समस्या हुने देखिएका कारण पहिले भन्दा बढि संख्यामा ट्राफिक प्रहरी खटाइएको उल्लेख गनुृभयो । अधिकारीले सवारी चालकहरुले ट्राफिक नियम पालना गरे थप सहज हुने जिकिर गर्नुभयो ।
आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुनुका साथै बाहिर रहेका सवारी साधान समेत जलेर ध्वस्त भएका छन् । अहिले सोहि स्थानमा सरसफाइ गरेर सीमित ठाँउबाट काम भइरहेको कार्यालयले जनाएको छ ।











