उपप्रधानमन्त्री सिंहद्धारा टियु क्रिकेट मैदानको निर्माण कार्यको स्थगलत निरिक्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानको निर्माण कार्यको स्थगलत निरिक्षण गर्नुभएको छ ।

आइतबार कीर्तिपुरस्थीत क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको बताउनुभयो । निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । सिंहले बर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केहि समय लागेको उल्लेख गर्नुभयो । आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उहाले बताउनुभयो । उहाले पहिलो चरणको कार्य सकिएपछि दोश्रो चरणमा १५ हजार सिट थप गर्ने गरि काम अघि बढाइने जानकारी दिनुभयो ।

तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको उहाले बताउनुभयो । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्