एमाले विधान महाधिवेशनः पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुनेमा प्रतिनिधिको बहुमत मत

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ — एमालेको दोस्रो विधान महाधिवेशनका बहमुत प्रतिनिधिहरुले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने मत दिएका छन् ।

पछिल्लो केन्द्रीय कमिटीको निर्णयलाई सकरात्मक भन्दै महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान मस्यौदामा धारणा राखेका १० वटै टोलीका प्रतिनिधिले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने जोड दिएका हुन् ।

पूर्वराष्ट्रपतिलाई सक्रिय आउँदा पदको गरिमा असर पर्ने भन्दै सम्मानित पदमा बस्न आग्रह गरेका हुन् । सबै समूहका टोली नेताले आफ्नो समूहको प्रतिवेदन पेस गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।

एमाले प्रचार विभाज प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने पक्षमा अत्यधिक प्रतिनिहिरुले मत राखेको बताए । ‘सम्मानित पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा सम्मानमा आँच आउँछ ।

बागमती प्रदेशमा भने यो प्रतिशतभन्दा धेरै प्रतिनिधि विद्याको पक्षमा खुलेका थिए । ‘बागमतीमा विद्याको पक्षमा अलि बढी प्रतिनिधि खुले,’ ती नेताले भने, ‘त्यसपछि सुदूरपश्चिममा अलि बढी देखिए ।’ कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा भण्डारीको पक्षमा दुई, तीनजना बाहेक प्रतिनिधिहरु खुल्न चाहेनन् ।

अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव पारित गर्दै एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्