पहिरोले १२ राजमार्ग अवरुद्ध, यी १६० सडक एकतर्फी सञ्चालन

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, भदौ २१ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसैगरी, १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ। 

विभागका अनुसार ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी सडक अवरुद्ध छन्। जमुनाहा–नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ।

यसैगरी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदबारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ। 

चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ। ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी सडकखण्ड पनि बन्द भएको छ। 

विभागका अनुसार छिन्चु-कुदु-जाजरकोट-दुनै-धो-तिन्जे-मरिम (भेरी करिडोर) पनि बन्द छ। कोइलाबास-लमही, अर्जुनखोला-घोराही होलेरी-घर्तिगाउँ-थवाङ-लुकुम (शहीद मार्ग), सुर्खेत-तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक पनि अवरुद्ध छ।

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्