हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी

खबर बुक
  • ख-
  • ख+

हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसंगको सहकार्यमा एक दिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो । हुलाक टिकट प्रदर्शनीको शुक्रबार बिभाग परिसर बबरमहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गरेकी हुन । सचिव अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताइन ।

उनले आफ्नो महत्व झल्किेन गरि सवैले आफ्नो कतव्र्य पुरा गर्नुपर्नेमा जोड दिईन । मन्त्रालयका तर्फबाट मातहतका निकायलाई गर्ने सहयोग सदैव कायम रहने उनको भनाइ छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सम्पदा झल्काउने हुलाक टिकट प्रदर्शनीमा राखिएको बताईन । उनले हुलाक टिकट चिठीको ऐतिहासिक महत्व रहेकाले यसलाई कायमै राखिने उल्लेख गरिन ।

प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको उनले बताईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्