काठमाडौं, १९ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो ३ः०० बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ।
भोलिदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइए पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
दोस्रो महाधिवेशन यँही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे विशेष समारोहकाबिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ।











