राष्ट्रिय सभाअन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १९ भाद्र । राष्ट्रिय सभाअन्तर्गतका आज दुई समितिको बैठक बस्दैछ।

सिंहदरबारस्थित समितिको हलमा दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।

बैठकमा नेपाल कानून समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल गौतम र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।

यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३०५औँ बैठक दिउँसो १ बजे बस्दैछ।

बैठकमा समितिको आव २०८२÷८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्