पहिरोले १३ स्थानमा सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ भाद्र । अविरल वर्षाका कारण आएको बाढीपहिराले देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन्। पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन्।

अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढीपहिरोका कारण बन्द भएका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्