सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १ हजा जनाको मृत्यु भएको छ । पहिरोमा परेर १ हजार जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको हो।

त्यहाँको विद्रोही संगठनका अनुसार लगातार धेरै दिनसम्म परेकोले भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो।

यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको बीबीसीले जनाएको छ ।

पहिरोले तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।

‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १ हजार भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्