समस्या आएपछि चिलिमे विद्युत् केन्द्र बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १४ । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि  चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ।

कालिका गाउँपालिका १ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नु परेको हो।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर साँझसम्ममा केन्द्र पुनः सञ्चालन गर्ने लक्ष्य छ। टावर मर्मतका लागि काठमाडौंबाट रसुवाका निम्ति प्राविधिक प्रस्थान गरिसकेका छन्।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्