विजुलीको तार भूमिगत गर्ने परियोजनाको कुलमान र प्रचण्डद्धारा शिलान्यास

खबर बुक
  • ख-
  • ख+

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गर्नुभएकाे छ ।
आज एक कार्यक्रमबीच भरतपुर ओरालोमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको उहाहरुले शिलान्यास गर्नुभएकाे हाे ।

प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास गर्नुभएकाे हाे । उक्त आयोजना अन्र्तगत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्र्तगतका मूख्य सडकहरु विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ । शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताउनुभयाे ।

करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ । उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो ।

शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी रहनुभएकाे थियाे ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्