मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका सभापतिसहित २ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ भाद्र । दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना स्ववियु सभापति भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको हो।

गएराति करिब नौ बजे भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते सभापति बस्नेतको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

उनले चलाएको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्याम बहादुर खत्री पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा. प्र. ०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्