यू–१७ महिला च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ भाद्र । साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।

खेल नेपाली समयअनुसार भुटानको थिम्पुमा बेलुका पौने ६ बजेदेखि शुरु हुनेछ। नेपालले यसअघि भएको आफ्नो दोस्रो खेलमा घरेलु टोली भूटानलाई हराएको थियो ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्