काठमाडौं, १ भाद्र । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आएका हुन् । उनी भारतीय वायुसेनाको विमानबाट मिश्री त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।











