दुई संसदीय समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ भाद्र । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्