रवि लामिछानेलाई आज ३ बजे काठमाडौं ल्याइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपोर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन्। रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्