काठमाडौं, साउन १९ । साताको पहिलो कारोबार दिन आइतबार ६४ अंकले गिरावट आएको सेयर बजार परिसूचन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा सेयर बजार झण्डै ९ अंक बढेको हो। योसँगै नेप्से परिसूचक २८६७ अंकमा कायम भएको छ। गत मंगलबार तीन हजार विन्दु पार गरेको सेयर तीन दिनसम्म गिरावट हुँदा १४४ अंक घटेको थियो।
तीन दिनपछि बजार बढे पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज झण्डै ११ अर्बको सेयर कारोबार भएको हो। जसमा १४० कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ।आज सिक्लेस हाइड्रोपावरको ५.७३ प्रतिशतले बढ्दा स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशतले बढ्यो।
यता, आइतबार सर्किट लगाएको ट्रेड टावरमा आज नकारात्मक सर्किट लागेको छ। त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६ र नेपाल फाइनान्सको ३.१४ प्रतिशतले घटेको छ।












