काठमाडौं, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उर्मिला हायुको १६ परिवार हराएको घटना रहस्यमयी बनेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका – ६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार खोज्न समस्या भएको छ । घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले बताएका छन ।
उनले हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँभन्दा बढी हुन जान्छ ।
वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।
अहिले उनीहरुको खोजीका लागी प्रहरी तैनाथ गरिएको जनाएको छ ।












