काठमाण्डौ, १२ साउन । खोटाङ जिल्लको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले हिजोदेखि सत्याग्रह शुरु गरेका छन् । बाँसजन्य सामग्रीको प्रवद्र्धनसहित सात बुँदे माग राख्दै उहाँले काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह शुरु गरेका हुन् ।
मेयर भट्टराईले बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवद्र्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणल गायतका सात बुँदे माग राखेका छन् । नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह शुरु गरेको मेयर भट्टराईले बताए । सत्याग्रहले माग पूरा नभएमा यही पर्सि साउन १४ गतेदेखि आमरण अनसन बस्ने उनको भनाइ छ ।
उनले बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाण्डौ आएको थियो । भट्टराईले सत्याग्रह घोषणा गर्नुभएपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ ।












