काठमाडौं, ५ असार । काठमाडौँको तारकेश्वरमा महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।












