३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद सजाय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ३१ । दैलेखको ठाटीकाँध गाउँपालिका १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार किशोरीमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रव अभियोगमा २ वर्ष कैद र २० हजार जरिवाना माग गरिएको थियो ।

दुवै अभियोग एकैपटक सुन्दै अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरे पनि बाल न्याय प्रणालीअनुसार दोषीको उमेर हेरी एक तिहाइ सजाय छुट दिइएको हो । त्यसअनुसार सजाय घटाएर ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको अदालतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्