युक्रेनलाई अत्याधुनिक हतियार पठाउने ट्रम्पको घोषणा

खबर बुक
  • ख-
  • ख+

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई (पैट्रियट एअर डिफेन्स सिस्टम) हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेको छ । युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिएका छन् ।


ट्रम्पले युक्रेनलाई महँगो र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरेको थिए ।
नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उनले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिएको छ ।

नाटो प्रमुख मार्क रुटेसँग भेटपछि ट्रम्पले युक्रेनलाई सहयोग गर्न अमेरिकाले युरोपेली देशहरूलाई आफ्ना पैट्रियट रक्षा प्रणाली पठाउन अनुरोध गरेको बताए ।


रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री आपूर्ति गरिने र यसको खर्च युरोपले बेहोर्ने जानकारी दिएको खबरमा उल्लेख छ ।
ट्रम्पको यो घोषणा पछिल्लो पटक रुसप्रति आक्रोशपूर्ण शैलीमा आएको हो । उनले रुसका राष्ट्रपति पुटिनलाई ‘कडा मान्छे’ भन्दै वार्ताले मात्र केही नहुने बताए ।


युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति धन्यवाद दिँदै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ ।
अमेरिकाले यसअघि युक्रेनलाई हतियार रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गरेको हो ।
नयाँ सम्झौतामा अमेरिकाले युक्रेनमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्