कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ मंसिर । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर  गुरुङ निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस कास्कीका सभापति हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्