रिता थापाको नेतृत्वमा दर्जन बढी कलाकार गृहमन्त्रालयमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २६ । पछिल्लो समय तीज देखि सिंगो गीत-संगीतमा देखिएको विकृतिलाइ रोक्ने हेतुले सिंगो लोक दोहोरी प्रतिष्ठान फेरी जागेको छ।दोहोरी प्रतिष्ठानकि अध्यक्ष रिता थापाको नेतृत्वमा सिंगो कलाकार टिम गृह मन्त्रालय पुगेका छन्।

गृहमन्त्री रमेश लेखकसंगको भेटमा प्रतिष्ठानकि अध्यक्ष रिता थापाले अहिलेकै अबस्थामा गीत संगीत जाने हो भने पछि कलाकारहरुले भयानक क्षेती बेहोर्न पर्ने भन्दै तत्काल प्रशासनको ध्यान भड्किलो संगीत क्षेत्रमा जान पर्ने माग राखेकी छिन।पर्व बिशेष गीत संगीतमै देखिएको बिकृतिले झन् दर्शकहरुनै प्रतिष्ठन र कलाकार माथि मात्र खनिने गरेको र यसलाई रोक्न आफुहरुसंग कुनै पनि अधिकार नहुदा विकृति मौलाएको थापाको भनाइ छ। यसमा राज्यले ध्यान दिएर गलत प्रकृतिका सिर्जना गर्ने सर्जक देखि म्युजिक भिडियोमा देखिएका कलाकारसम्मलाई कारबाही गर्न माग गरेकी छिन।

गृहमन्त्री लेखकको नेतृत्वमा प्रहरी महानिरीक्षक दीपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्याल लगायतसँग पनि मन्त्रालयमा छलफलमा सहभागी थिए। रिता थापाले पनि गृहमन्त्रीसंगको भेटले बिकृति न्यूनीकरण हुनेमा आसा जागेको बताएकी छिन।अघिल्ल्लो समयहरुमा बिज्ञप्ति सहित पुग्ने प्रतिष्ठानले अब बिज्ञप्ति नभएर कार्यन्वयननै हुन् पर्ने माग सहित मौखिक रुपमा सहभागी भएको थियो।

प्रतिष्ठानका पुर्व अध्यक्ष बद्री पंगेनीले गृहमन्त्री लेखकलाइ भने “हामीले बर्षौदेखि आस्वासन मात्रै पाएर फर्किएका छौ अब आस्वासन हैन हाम्रो मागको कार्यन्वयन हुन् जरुरी छ।”

उता गृहमन्त्री लेखकले पनि तुरुन्त त्यस्ता अश्लिल शब्द सहितका गीतहरुलाइ मध्यनजर गरेर कारबाही प्रक्रिया अगाडी बढाउने बताएका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्