चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा, भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २५ । आजराति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्