अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । धेरै मानिस बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र कर्मचारी पनि छन् ।
१० बालिका र एक जना शिविर परामर्शदाता हराइरहेका खबरमा उल्लेख छ । उनीहरुको खोजीका लागि उद्धारकर्मी खटिएका छन् ।












