
अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। यीमध्ये १५ जना बालबालिका छन्। कर्ट काउन्टीका स्थानीय अधिकारीहरूका अनुसार अझै २७ बालबालिका बेपत्ता छन्।
ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता भएका हुन् । प्रारम्भिक विवरण अनुसार लगभग ८ सय ५० जनालाई उद्धार गरिएको छ । यस क्षेत्रमा अर्को हप्तासम्म बाढीको प्रभाव रहने भन्दै सुरक्षित रहन चेतावनी जारी गरिएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबटले राहत र उद्धारको काम जारी रहेको बताउनु भएको छ । ग्वाडालुप नदीमा २५ फिटभन्दा माथिको बाढी आउँदा बालबालिका रहेको क्याम्प बगेको बताइएको छ । संघीय सरकारका अधिकारीहरूले उद्धार र खोजी कार्यका लागि कोष्ट गार्ड परिचालनको तयारी गरिएको छ ।