कलाकार लक्ष्मी श्रेष्ठको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ असार । ‘मेरी बास्सै’ बाट प्रसिद्धि कमाएकी अप्सरा आमा’को भूमिकामा चर्चित​ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्।

श्रेष्ठ लामो समयदेखि अभिनयमा सक्रिय रहेकी थिइन्। यस बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा केही फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्