इजरायलद्धारा तेहरानको जेलमा आक्रमण, ७१ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

इजरायले इरानको राजधानी तेहरानको एभिन जेलमा आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ ।

जुन २३ मा भएको आक्रमणका पीडितहरूमा जेल कर्मचारी, भर्ती गरिएकाहरू, जेलमा थुनिएका कैदीहरू, भेट्न आएका परिवारका सदस्यहरू र नजिकैका भवनहरूका बासिन्दाहरू समावेश रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै मिजान समाचार एजेन्सीले जनाएको छ ।

जहाँगीरले जेलमा गरिएको आतंकवादी र क्रूर आक्रमणबाट इजरायलले फेरि एक पटक अन्तर्राष्ट्रिय कानूनप्रति आफ्नो प्रतिवद्धताको कमी प्रमाणित गरेको बताए ।

जुन १३ मा, इजरायलले आणविक र सैन्य स्थलहरूसहित इरानका विभिन्न क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू सुरु गरेको थियो । १२ दिनको लडाईंपछि इरान र इजरायल बीच युद्धविराम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्