उत्तराखण्डमा पहिरोमा परेर ९ जना मजदूर बेपत्ता

खबर बुक
  • ख-
  • ख+

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पहिरोमा परेर ९ जना मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना अझै बेपत्ता छन् । घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, एनएच बडकोट र स्वास्थ्य विभागका टोलीहरू खटिइरहेका छन् र उद्धार तथा राहतको काम चलिरहेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लगातार अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए। ठूलो पानी परेको र पहिरोको जोखिमलाई ध्यान दिँदै सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्