भारतमा बन्धक बनाइएका ५८ जनालाई उद्धार गरी नेपाल ल्याइयो

खबर बुक
  • ख-
  • ख+

आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ जना नेपाली युवाको उद्धार गरी ल्याइएको छ । उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी हिजो नेपाल ल्याइएको हो ।

कञ्चनपुर प्रहरीका अनुसार नागरिक संस्था किन नेपाल÷किन इन्डिया, भारतमा रहेको नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको हो ।

रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको हो ।

उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अरु चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बाग्लुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्