सिरियाको चर्चमा आत्मघाती बम आक्रमण हुँदा, २२ जनाको मृत्य

खबर बुक
  • ख-
  • ख+

सिरियाको दमास्कसमा रहेको एक चर्चमा आत्मघाती बम आक्रमण हुँदा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन ।

चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ ।

डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा यो पहिलो पटक यस्तो आक्रमण भएको हो । प्रारम्भिक जानकारीअनुसार चर्चको प्रवेशद्वारमा बम विस्फोट हुँदा भवनभित्र र नजिकै रहेका मानिसहरूको ज्यान गएको खबरमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्