तेहरानको हतियार अनुसन्धान केन्द्रमा इजरायली सेनाको आक्रमण

खबर बुक
  • ख-
  • ख+

युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको बताएको छ। आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ।

सेनाले एक विज्ञप्तिमा भनेको छ, ुसेनाले तेहरानको मुटुमा शृृङ्खलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छः सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी ९अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च० मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो।ु

इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ।

बिहीबार राति ६० वटाभन्दा बढी लडाकू विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्