अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने भउका छन्।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएकी हुन्। राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिएको भन्दै उनले निकट भविष्यमा इरानसँग वार्ता हुने की नहुने भन्ने स्पष्टता नरहेको बताइन्।
अमेरिका र इरानबीच पत्राचार जारी रहेको उनको भनाइ छ।












