गुरुराज घिमिरे पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर

कांग्रेस नेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेशसभा सदस्यमा पराजित भएका छन् । मोरङ ४ (१) बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् । परिणाम औपचचारिक घोषणा भने भइसकेको छैन ।

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाए । स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोजेका उनी त्यतिबेला उम्मेदवार बनेनन् । तर, अहिले प्रदेश सांसदमा निर्वाचित भएका हुन् । आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्