काडमाडौं, असार १ । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफुहरुलाई बोल्न नदिएको बताउनुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले बिहान सभामुखसंग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई बोल्न नदिएको बताउनुभएको हो । झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसंग उधारो सहमति गरेकाले आफुहरुले आन्दोलनलाई निरन्तरता दिएको उहाले बताउनुभयो । उहाले भिजिट भिसा प्रकरणको छानविनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गर्नुभयो ।
झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक बर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाउनुभयो ।












