इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

खबर बुक
  • ख-
  • ख+

तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् । 

र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्।

आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्