नेपाल र चीनबिचको सम्बन्ध नयाँ युगमा प्रवेशः परराष्ट्रमन्त्री राणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३० जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत सम्बन्ध नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् । परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।

नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् ।

कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा। याङ छेनसीले प्रमुख वक्ताका रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्