गुल्मी २ (क) मा एमालेका भुसाल विजयी

खबर बुक
  • ख-
  • ख+

बुटवल,७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।

भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।

भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल ०७४ मा रेसुंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्